रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन्।

Advertisement 1

शनिबार पोखरामा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित भएका हन्।

उनी ११५ प्राप्त गरी सभापतिमा चुनिँदा न्यौपानले ११४ मत प्राप्त गरे। कुल २९० मतदातामध्ये २३३ मत खसेको निर्वाचन समितिले जनाएको छ।

Advertisement 2

अधिवेशनबाट जिल्ला उपसभापतिमा चिनबहादुर गुरुङ, सचिवमा विश्वराज पौडेल, सहसचिवमा सुजन बस्ताकोटी निर्वाचित हुनुभएको छ। कोषाध्यक्ष कार्यसमितिबाट पछि मनोनयन गरिने जनाइएको छ।

प्रकाशित :२०८३ जेष्ठ २४, आईतवार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry