थोँचेमा ५ श्ययाको अस्पताल बन्ने

मनाङ। भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच श्ययाको अस्पताल भवन निर्माण हुने भएको छ।
बिहीबार थोँचेमा आयोजित १ सङ्क्षिप्त कार्यक्रममा काठमाडौँस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे।
अस्पताल भवन निर्माणका निम्ति रु ६ करोड ६७ लाख ९६ हजार ९३३ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए। भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ।
भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ।
प्रकाशित :२०८३ जेष्ठ १५, शुक्रबार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry