पुर्वन्यायाधीशको सम्बन्धविच्छेद मुद्दा यथावत श्रीमतीले पाइन् २० लाख

अञ्जनकुमार। मिठु भट्टराई अर्थात् पुर्व न्यायाधीश डाक्टर श्रीकृष्ण भट्टराई कि पहिलो श्रीमती। उनका दुख र पिडाको कहानी सुन्ने हो भने एक भारी कथाका पुस्तक तयार हुने बताउँछिन्। यहि जेष्ठ ७ गते जिल्ला अदालत लमजुङको परिसरभित्र भेटिएकी भट्टराईको आकृतिमा बेदनाको ज्वालाले उकुसमुकुस बनाएको अनुमान लगाउन मुस्किल थिएन।
Advertisement 1
अघिल्लो दिननै काठमाडौ र पोखराका वरिष्ठ वकिलहरु ओइरिएका थिए। साविक दिनभन्दा चहलपहल निकै थियो लमजुङ अदालतमा। तीन वर्षदेखि प्रतीक्षित मुद्दाको किनारा लगाउनु पर्ने थियो। आधा दर्जन पटक मेलमिलापको प्रयत्न विफल भैसकेकोले ६ गते न्यायीक फैसलाको आशामा थिइनँ मिठु सिलवाल भट्टराई। पुर्व न्यायाधीश भट्टराईले श्रीमती मिठु विरुद्ध अनेक आरोप सहित २०८० असार २५ गते सम्बन्ध विच्छेद लगायत आधा मुद्दा जिल्ला अदालत लमजुङमा दर्ता गराएका थिए।
अर्घाखाँची जिल्ला अदालतमा कार्यरत छदै तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की माथि नियुक्ति र योग्यताको प्रश्न उठाउदै २६ पृष्ठ लामो उजुरी संसदीय सुनुवाइ समितिमा दर्ता गराएका भट्टराईले आफ्नो उजुरीको कुनै सुनुवाइ नभएपछि २०८० असार ११ मा पदबाट राजीनामा ठोकेर हिडेका उनले २५ गते मुद्दा हालेका हुन। २०४२ सालमा बिहे गरेका उनले बाउआमाको दबाब धम्कीका बिबाह गर्न बाध्य भएको, जेठी श्रीमती मिठु आफु भन्दा जेठी रहेको, बिहे लगत्तै माइतीमै बसेको भनेपनि मिठुले घरधन्दा सबै धान्देकाले उनले पढ्न र आज न्यायाधीश बन्न पाएको बताउँछिन्। जेठी श्रीमतीबाट दुई छोरीहरुको जायजन्म बिहाबारी र नातिनातिना भैसकेको अवस्थामा समेत न्यायाधीश भट्टराईले छोरीहरुको समेत चित्त दुखाउन पुगे। उनले छोरीहरु आफ्नो नभएको समेत आरोप लगाए। जबकि छोरीहरुको बिबाह र कन्यादान समेत उनैले गरेका थिए।
Advertisement 2
अझ, अत्यारिलो कुरा सुन्दरबजार नपा–९ लमजुङ स्थायी घर भएका न्यायाधीश भट्टराईको बिहेमा जन्ती गएर भोजभतेर खाएका देबिदत्त कडेल, रामहरि भट्टराईहरु श्रीकृष्ण तर्फबाट साक्षी बस्दै मिठु विरुद्ध उल्टासुल्टा बयान गर्न भ्याए। एउटी बिबाहित महिला माथि सौता हाल्नु जस्तो ठुलो अन्याय के होला र ? लोग्नेले ०५६ सालमा काठमाडौं कि शारदा सिलवाललाई कान्छी बनाएर भित्र्याउँदा पीडालाई पैतालाले किचेर, आफन्तले बहुबिबाहमा मुद्दा हाल्न भने तर मिठुले लोग्नेको इज्जतमा दाग लाग्न नदिन चुपचाप सहेर बसिन। तर लोग्नेले नै एक्कासि सम्बन्धविच्छेदको मुद्दा हालेपछिनै भित्रि कुरा बाहिरिएका थिए। श्रीमती अमेरिकामा छन। पछिल्लोपटक जुम्ल्याहा सन्तान जन्माएर उतैको बासिन्दा भएकी छन। करोडौंको सम्पत्ति भएरपनि जेठी श्रीमतीलाई गाउँको एउटा पुरानो घरमा थन्क्याएर आफू काठमाडौ र सुन्दरबजार –९ लमजुङको आलिशान महलमा बस्छन्। दुःखम सुखम बसेकी जेठीमाथि सौता मात्रै हैन सम्बन्धविच्छेद कै मुद्दामा हाल्छ्न। पहिलो श्रीमतीले आफुलाई मानसिक यातना दिन नछाडेपछि प्राविधिक रुपमा मात्रै रहेको सम्बन्धलाई टुंग्याउन सम्बन्धविच्छेद फिरादपत्र दर्ता गर्नुपरेको जनाउँछ्न।
६ गते हुने भनेको फैसला न्यायाधीश शिशिरकुमार ढकालले पनि पार लगाउन सकेनन्। ५–५ पटक मिलापत्रमा नमिलेको मुद्दालाई पुनः मिलापत्र गर्न वादी प्रतिवादी दुबै तर्फका वकिलहरुलाई अर्थाए। धर्मसंकट महसुस गरेका न्यायाधीश ढकालले आरामको सास फेरे जब गत ७ गते दिपक बरालको नेतृत्वमा बसेको मेलमिलाप बैठकले निकासको द्वार खोलिदियो। न्यायाधीश भट्टराईले साढे १२ लाख नगद भन्दा सुको नदिने अड्डि कस्दै आएपनि २० लाख नगद र ६ रोपनी जग्गा दिन राजी भए। तर उनले हालेको सम्बन्धविच्छेद मुद्दामा भने फैसला हुन सकेन। साइवर कानुन र प्रविधि विज्ञ समेत रहेका पुर्वन्यायधीश भट्टराई आफै बिबादास्पद न्यायाधीशको सूचीमा पर्छन्। कास्की र काठमाडौं जिल्ला अदालतमा हुँदा उनले गरेको कति फैसलाले उनलाई विवादमा पारेको बताइन्छ।








