आर्थिक सर्वेक्षण २०८२/२०८३ :सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी
काठमाडौं। देशभरका ७५३ स्थानीय तहमध्ये ६० वटामा कृषक घर धुरी सूचिकृत गर्ने कार्य सम्पन्न भएको छ।
Advertisement 1
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा फागुन मसान्तसम्म मुलुकभरका २३ लाख ८३ हजारभन्दा बढी किसान सूचिकरण सम्पन्न भएको उल्लेख छ।
किसानको अलग अलग पहिचान गरी कृषि अनुदानका कार्यक्रमलाई व्यवस्थित गर्न, कृषिसम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण गर्न र कृषकले प्राप्त गर्ने सुविधाको दोहोरोपना न्यूनीकरण गर्न किसान सूचीकरण कार्यक्रम सञ्चालनमा रहेको छ।
Advertisement 2
प्रकाशित :२०८३ जेष्ठ १३, बुधबार १६:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










