प्रदेश जनलोकपाल आयोगका नवनियुक्त सदस्यद्वय झा र विमललाई शपथ

धनुषा। मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले प्रदेश जनलोकपाल आयोगका नवनियुक्त सदस्यद्वय सञ्जीवकुमार झा र कुमारी सुजाता विमललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

Advertisement 1

जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख डा कर्णले नवनियुक्त सदस्यद्वयलाई शपथ गराएका हन्। प्रदेश जनलोकपाल ऐन, २०७७ को दफा २३ को उपदफा (२) बमोजिम गठित समितिको जेठ ६ गतेको सिफारिसअनुसार प्रदेश प्रमुखबाट आयोगको सदस्य पदमा नियुक्त उहाँहरूलाई शपथ ग्रहण गराइएको जनाइएको छ।

शपथ ग्रहण कार्यक्रममा प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहायराय यादव, आयोगका सचिव डा विरेन्द्रकुमार मिश्र तथा प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहाललगायतको सहभागिता रहेको थियो।

Advertisement 2

कार्यक्रमपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै सदस्य झाले आयोगप्रति नागरिकको विश्वास अभिवृद्धि हुनेगरी निष्पक्ष, पारदर्शी र जनउत्तरदायी ढङ्गबाट काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सुशासन प्रवद्र्धन तथा जनगुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर कार्य गर्ने बताए

त्यसैगरी सदस्य विमलले आयोगलाई नागरिकमैत्री संस्थाका रूपमा स्थापित गर्न आफ्नो भूमिका सक्रिय रहने बताए। उनले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न आयोगले प्रभावकारी भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे।

प्रकाशित :२०८३ जेष्ठ १२, मंगलवार १६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry