त्रिविका सबै परीक्षा बारे उपकुलपतिले खुलाए योजना,स्नातक पहिलो वर्षको रुटिङ असार १५ मा

कोरोना महामारीका कारण स्नातक पहिलो वर्षका परीक्षा १९ महिनादेखि रोकिएको छ ।
गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा बारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटा भन्छन् आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिरहेका छौं । स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरूले आ–आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए।कोरोना महामारीका कारण विश्वविद्यालयहरूको शैक्षिक गतिविधि खासै अघि बढाउन नसकेको उपकुलपतिहरूको भनाइ थियो।

उनले गत वर्ष कोरोना महामारीमै विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेको भए पनि दूरदराजका विद्यार्थीको पहुँचमा अनलाइन शिक्षा पुग्न नसकेको बताए। उनले गत वर्ष अनलाइन कक्षा सञ्चालनकै क्रममा डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यललयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गत वर्षनै प्राज्ञिक परिषदले निर्णय गरेको जनाए। उनले त्यहीअनुसार अब डिन कार्यालयल र परीक्षा नियन्त्रण कार्यालय जानुपर्ने आग्रह गरेका छन्।

१९ महिनादेखि रोकिएका स्नातक पहिलो वर्षका परीक्षाहरूको रुटिङ असार १५ बाट प्रकाशित गर्ने त्रिविको तयारी छ। साउन अन्त्यसम्म सबै परीक्षा सकिन्छ।’ उनले परीक्षाहरू डिन कार्यालयसँग सम्बन्धित भए उक्त कार्यलयले अनुकूल विधि प्रयोग गरी परीक्षा लिने र परीक्षा केन्द्रसँग सम्बन्धित भए अनुकूल वैकल्पिक विधि अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा। पुण्यप्रसाद रेग्मीले सातवटै प्रदेशका आंगिक कलेज सञ्चालन भएको र अबको पठनपाठन गराउन र परीक्षा सञ्चालन समेत अनलाइनबाटै गर्न कार्यविधि पास भएको ताबाए। ‘हामीले अनलाइन कक्षाको र परीक्षाको कार्यविधि पास गरीसकेका छौं।

सोहीअनुसार अबको पठनपाठन अघि बढ्छ,’ उपकुलपति रेग्मीले भने, ‘यस अघि पनि हाम्रो विश्वविद्यालयले सैद्धान्तिक परीक्षा अनलाइन र प्रयोगात्मक परीक्षा भौतिक उपस्थितिकै आधारमा लिएका थियौं। हाम्रो विश्वविद्यालयमा वन, कृषि तथा मत्यस्यपालनलगायतका विषयहरू पठनपाठन हुन्छ। त्यही भएर प्रयोगात्मक परीक्षा भौतिक उपस्थितिमै गर्नुपर्ने हुन्छ।’

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १२:०१

प्रतिक्रिया दिनुहोस्