दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान

काठमाडौं। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ।
Advertisement 1
गठित समितिका अनुसार, गत जेठ ५ गते स्वीकृत भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम यो दरखास्त आह्वान गरिएको छ।
इच्छुक उम्मेदवारले सूचना प्रथम पटक जेठ ७ गते प्रकाशित भएको मितिले १० दिनभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ। आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनलाई अन्तिम म्याद मानिने सूचनामा उल्लेख छ।
Advertisement 2

प्रकाशित :२०८३ जेष्ठ ७, बिहीबार १०:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












