तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ३ हजार ३०० ले ओरालो लागेको छ।
Advertisement 1
मङ्गलबार प्रतितोला रु २ लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु २ लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा रु १ सय २५ ले ओरालो लागेको छ। मङ्गलबार प्रतितोला रु ५ हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु ४ हजार ९६० निर्धारण गरिएको छ।
प्रकाशित :२०८३ जेष्ठ ६, बुधबार १४:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












