मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ। मोटरसाइकलको ठक्करबाट आज यहाँ १ वृद्धको मृत्यु भएको छ। बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँलाई ठक्कर दिँदा निजको मृत्यु भएको हो।
Advertisement 1
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार मोटरसाइकल चालक २० वर्षीय विकेश तामाङ घाइते भएका छन्। निजको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचार जारी छ।
प्रकाशित :२०८३ जेष्ठ १, शुक्रबार १२:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












