राष्ट्रियसभाको बैठक सुरु

काठमाडौं। राष्ट्रियसभाको बैठक सुरु भएको छ। बैठकमा आर्थिक वर्ष २०८३÷८४ का लागि राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका छ।
Advertisement 1
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलकामा उठेका प्रश्नहरूका प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिनुहुने कार्यसूची छ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आर्थिक वर्ष २०८३÷८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ। त्यसपछि उनले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ।
Advertisement 2
त्यसैगरी, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३÷८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने छ।












