सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार ७४५ कायम भएको छ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २ हजार २०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ७१० मा कारोबार भएको थियो। गत मङ्गलबार १ तोला छापावाल सुन रु ३ लाख २ हजार ९०० र चाँदी रु ५ हजार ६९५ मा खरिदबिक्री भएको थियो ।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ बैशाख ३१, बिहीबार १२:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












