३७ वर्षदेखि व्यवसायिक कृषिमा रमाउँदै थारू

बर्दिया। यहाँको बढैयाताल गाउँपालिका–८ फूलपुरका–६८ वर्षीय किसान ईश्वरीप्रसाद थारूले कृषि पेसाबाटै वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन्।

Advertisement 1

विगत ३७ वर्षदेखि मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका उनले माटोमै आर्थिक समृद्घिको सम्भावना देखेपछि कृषि पेसालाई मुख्य आयस्रोत बनाएका ह। उनका अनुसार १ बिघा जमिनमा वार्षिक रूपमा धान करिब ३५ क्विन्टल, आलु १८० क्विन्टल र तरबुजा १५० देखि १६० क्विन्टलसम्म उत्पादन गर्छन्। त्यसैगरी, ९ कट्ठा क्षेत्रफलमा लगाइएको काँक्राबाट मात्रै वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गर्छन्।

१ बिघा १० कट्ठामा गरिएको कृषि व्यवसायबाट वार्षिक करिब १३ लाख रुपैयाँ आम्दानी हुने र करिब ५ लाख रुपैयाँ लागत लाग्ने उनको भनाइ छ। उनले ४ वर्षअघि सुरु गर्नुभएको तरबुजाखेती पहिलो वर्षमै सफल भएपछि थारूले यसलाई निरन्तरता दिएका ह।

Advertisement 2

अग्र्यानिक उत्पादन भएकाले ग्राहकहरू सिधै बारीमै आउने र स्थानीयसहित छिमेकी बाँके जिल्लाबाट समेत अवलोकनका लागि आउने गरेका छन्। राष्ट्रपति पुरस्कारबाट सम्मानित किसान थारूले खुला सिमानाका कारण भारतीय तरकारी सस्तोमा भित्रिँदा स्वदेशी उत्पादनले उचित मूल्य नपाउने समस्या रहेको उल्लेख गरे।

उनले किसान लक्षित अनुदान, प्राविधिक सहयोग तथा आयात नियमनमा सरकारले ध्यान दिनुपर्ने बताए। युवाहरू विदेशिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको धारणा राखे। हाल उनले ५ देखि सात जनासम्मलाई दैनिक ज्यालादारीमा रोजगारी दिँदै आएका छन्।

प्रकाशित :२०८३ बैशाख २९, मंगलवार १३:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry