सुनचाँदीको मूल्यवृद्धि

काठमाडौं। मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ। सुन तोलामा रु ५ हजार ८०० र चाँदी रु १७५ ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार ५५ कायम भएको छ। हिजो मङ्गलबार १ तोला छापावाल सुन रु २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु ४ हजार ८८० मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ बैशाख २३, बुधबार ११:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












