ललितपुर महानगर,गोदावरी र महालक्ष्मी नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण

ललितपुरका तीनै वटा नगरप्रमुखहरु कोरोना संक्रमणबाट संक्रमित भएका छन् । ललितपुर नगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,महालक्ष्मी नगरपालिकाका नगरप्रमुख रामेश्वर श्रेष्ठ र गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनमा कोरोना संक्रमण पृष्टि भएको हो ।

Advertisement 1

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएकोछ । बिहिबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि दिनुभएकामा कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जनाए ।
प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् । उनको परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने भएको छ।
यस्तै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेका छन् । गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए । यता महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । हाल रामेश्वर दम्पत्तिकै ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित :२०७७ आश्विन १०, शनिबार ०७:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry