लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
Advertisement 1
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका–८ आहालेका ३७ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरिएको हो।
यसैगरी, सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल पाँच हजार ट्याब्लेटसहित सोही गाउँपालिका–६ का २१ वर्षीय अबजल अन्सारीलाई पक्राउ गरिएको छ। उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएर कानुनी कारबाही प्रारम्भ गरिएको छ।
प्रकाशित :२०८२ चैत्र २७, शुक्रबार १२:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
















