‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ।

Advertisement 1

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले आज एक विज्ञप्ती जारी गरी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई थप मजबुद बनाएको धारणा राखे। उनले प्राप्त मतपरिणामले नेपाली जनताले परिवर्तनसहित सुशासन र समृद्धिको चाहना राखेकाले अब बन्ने सरकारले जनहितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरे।

शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिलाई ट्रान्सपरेन्सी इन्टरनेसनलका तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन्। उनले अब बन्ने सरकारले युवापुस्ताको भावना र मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।

Advertisement 2

निर्वाचनमार्फत नेपाली नागरिकद्वारा प्रस्तुत विश्वासलाई अब गठन हुने प्रतिनिधिसभा र सङ्घीय सरकारले पूर्ण सम्मान गरोस्, युवाहितका पक्षमा काम गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन कायमलगायत विषय केन्द्रमा राखेर काम गर्नुपर्ने शर्माको भनाइ छ। निर्वाचनमा मत माग्दा जनतासामु गरिएका वाचाप्रति पूर्ण प्रतिबद्व रही आमनागरिकले सुशासनको स्पष्ट अनुभूति गर्नेगरी सरकारले काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वास लिएको छ।

प्रकाशित :२०८२ फाल्गुन २७, बुधबार १६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry