सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं। मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु २ हजारले बढेको छ भने चाँदी मोल स्थिर छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख १९ हजार कायम भएको छ भने १ तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु ५ हजार ७२० निर्धारण भएको थियो। सोमबार १ तोला सुन रु ३ लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ४१० मा कारोबार भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ फाल्गुन २७, बुधबार १२:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














