२ फर्ममाथि विभागको जरिवाना

काठमाडौं। नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ।
Advertisement 1
अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले २ वटा फर्मलाई जरिवाना गरेको छ। विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई रु २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई रु १० हजार जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती २ फर्ममाथि जरिवाना गरिएको हो।
यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ।
प्रकाशित :२०८२ फाल्गुन २७, बुधबार १०:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













