वीरगञ्ज हुँदै ५ खर्ब १९ अर्बको सामान भित्रियो

पर्सा। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु ५ खर्ब १९ अर्ब १ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको छ। गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो।

Advertisement 1

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको सात महिनामा वीरगञ्ज नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए। “चालु आवमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरुको आयातको हिस्सा बढी देखिन्छ,” उनले भने। जबकि गत आवको ७ महिनामा भने रु ४ खर्ब ६० अर्ब २३ करोड मूल्य बराबरका सामान आयात भएको थियो। चालु आवको ७ महिनामा रु १ खर्ब ६ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात भएको छ।

त्यसैगरी, रु ४६ अर्ब १६ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ। सोही अवधिमा रु ३५ अर्ब ८७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ। रु ३५ अर्ब ६७ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ। रु २७ अर्ब ९८ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात भएको छ।

प्रकाशित :२०८२ फाल्गुन १९, मंगलवार १४:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry