हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन आग्रहः पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।
Advertisement 1
सहसंयोजक नेपालले आज १ सन्देश जारी गर्दै हिन्दू र मुस्लिम दुवै समुदायबीच उत्पन्न विवाद अन्त्य गर्नका लागि संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरेका ह।
धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबीच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिँदै साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुनेमा जोड दिए।
Advertisement 2
हिन्दू वा मुस्लिम दुवै एकअर्काका परिपूरक रहेको टिप्पणी गर्दै उनले स्थानीय जनताको सुरक्षा व्यवस्थासहित जीवन रक्षाका लागि सरकारसँग माग गरे। गृहजिल्ला रौतहटबाट लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आएका नेकपाका सहसंयोजक समेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालले अहिले देखिएको समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने पक्षलाई दृष्टिगत गरी संयमता अपनाउन दुवै समुदायसँग अपिल गरे।
रौतहट–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सहसंयोजक नेपालले तोडफोड, आगजनी तथा ढुङ्गा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले जारी गरेको ‘कफ्र्यु’ को अवस्थालाई सामान्यीकरण गर्न आफूले केन्द्रमा गृहमन्त्रीसँग छलफल गरिरहेको उल्लेख गरे। ३ दिनअघि गौरमा दुई समुदायबीच भएको सामान्य भनाभनबाट सुरु भएको विवाद बढ्दै जाँदा साम्प्रदायिक दङ्गामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ।














