विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ।

Advertisement 1

भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो। नेपालले जारी विश्वकपमा समूह चरणको यो तेस्रो खेल खेल्दै छ।

समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ। नेपाल यसअघि इङ्ल्यान्ड र इटालीसँग पराजित भएको थियो।

Advertisement 2

वेस्टइन्डिज दुईपटकको बिश्वकप बिजेता टिम हो। वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो।

नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन गरिएको छ। ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई समेटिएको छ। नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आशिफ शेख, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने छन्।

Advertisement 3

त्यस्तै वेस्ट इन्डिजको प्लेइङ ११ मा शाइ होप, ब्रान्डन किंग, सिम्रोन हेटमायर, रोस्टन चेस, रोभम्यान पावेल, शरफेन रदरफोर्ड, जेसन होल्डर, म्याथ्यु फोर्डे, गुडाकेश मोटी, अकिल होसेन र शमर जोसेफ छन्।

प्रकाशित :२०८२ फाल्गुन ३, आईतवार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry