सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ६०० र १ तोला चाँदीको मोल रु ५ हजार २९० कायम भएको छ।

मङ्गलबार प्रतितोला सुन रु ३ लाख ५ हजार ५०० र १ तोला चाँदीको मोल रु ५ हजार २४० कायम भएको थियो। गत सोमबार १ तोला सुन रु ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २५० मा खरिदबिक्री भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ५ हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित :२०८२ माघ २८, बुधबार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry