सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो

पर्सा। वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको ६ महिनामा ५७२ रेल्वे ¥याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ।

Advertisement 1

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले चालु आवमा रेल्वे र्‍याक आउने क्रममा केही गिरावट आएको छ। गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा १६ कम रेल्वे ¥याकमार्फत वस्तु तथा सामान भित्रिएका छन्।

गत आवको छ महिनामा भने ५८८ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्जको सुुक्खाबन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ। १ पटकमा रेल्वे ¥याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ।

Advertisement 2

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रेल्वे¥याकमार्फत हुने आयातमा १६ वटा रेल्वे¥याकमार्फत कमी आएको बताए। चालु आवको साउनमा ९४ र्‍याक, भदौमा ९० र्‍याक, असोजमा १०१ र्‍याक, कात्तिकमा ९१ र्‍याक, मङ्सिरमा ९२ र्‍याक र पुस महिनामा १०४ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान ल्याइएको थियो।

गत आवको साउनमा ९९ रेल्वे र्‍याक, भदौमा १०२ वटा, असोजमा ११० वटा, कात्तिकमा ७९ वटा, मङ्सिरमा ९० र पुसमा १०८ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्राइएको थियो। सुक्खाबन्दरगाहमा विशेष गरी स्पन्ज आइरन,रासायनिक मलखाद, जिप्सन तथा फलाम, कोइलालगायतका आयात गर्ने गरिन्छ।

Advertisement 3

यहाँको वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापन गर्ने प्रिष्टिन भ्यालीका ‘अपरेसन इञ्चार्ज’ अभिषेक मिश्रले भारतीय रेल्वे प्रणालीमा विगत २ महिनाअघि देखिएको समस्या अहिले विस्तारै कम हुँदै गइरहेको बताए। “केही महिनाअघिसम्म भारतको विहार राज्यमा निर्वाचन र चाडपर्वको कारणले पनि रेलसेवा केही प्रभावित भएको थियो”, उनले भने, “अहिले रेलसेवा केही सहज भइरहेको छ।” उनले कोलकोत्ताबाट मालबाहक सामान बोकेको रेल्वे ¥याक वीरगञ्जसम्म आइपुग्न करिब ८ दिन लाग्ने र विशाखापटनमबाट भने करिब १० दिन लाग्ने दाबी गरे।

प्रकाशित :२०८२ माघ २८, बुधबार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry