चितवन क्षेत्र नम्बर १ :महिला मतदाता बढी उम्मेदवार कम

चितवन। चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ। यहाँ उम्मेदवार हुने महिलाको सङ्ख्या भने निकै कम रहेको छ।

Advertisement 1

पूर्बी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन्। तीमध्ये ५०.७० प्रतिशत अर्थात् ७५ हजार ८६० महिला मतदाता रहेका छन्। पुरुषको सङ्ख्या ७३ हजार ७६१ रहेको छ। यो ४९ दशमलव ३० प्रतिशत हो। महिला मतदाताको सङ्ख्या बढी भए पनि १८ जना प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवर भए पनि दुई जना मात्र महिला रहेका छन्। ती साना दलका हुन्।

राष्ट्रिय जनमोर्चाले सीतादेवी क्षेत्री र नेश्नलरिपब्लिक नेपालले ईश्वरी गुरुङलाई उम्मेदवार बनाएको छ। यसअघि निर्वाचन जितेका ठूला दलले महिला उम्मेदवार दिन सकेका छैनन्। यस क्षेत्रबाट १५ राजनीतिक दलका उम्मेदवार छन् भने स्वतन्त्र ३ जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशत खश आर्य रहेका छन्। ३३.३३ प्रतिशत आदिवासी जनजाति छन् भने निर्वाचन आयोगको तथ्याङ्कअनुसार थारु, दलित र मधेशी ५ दशमलव ५६ प्रतिशतका दरले रहेका छन्।

Advertisement 2

यस क्षेत्रमा ५६ वटा मतदानस्थलमा १६८ वटा मतदान केन्द्र रहेका छन्। यस क्षेत्रको राप्ती नगरपालिकाको केही भूभाग पहाडी क्षेत्रमा पर्दछ भने बाँकी समथर क्षेत्र पर्दछ।

प्रकाशित :२०८२ माघ २६, सोमबार १३:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry