सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ७१० कायम भएको छ।

बिहीबार सुनको मूल्य रु २ लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ९८० कायम भएको थियो। गत बुधबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार ६०० कायम भएको थियो। गत मङ्गलबार १ तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु ५ हजार ३३५ कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ माघ २३, शुक्रबार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry