सुनचाँदीको भाउ घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य ३ लाख र त्यति नै परिमाणको चाँदीको मोल रु ५ हजार ५०० कायम भएको छ।

गत शुक्रबार १ तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु ७ हजार ६५ कायम भएको थियो। बिहीबार १ तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु ७ हजार ५०५ मा किनबेच भएको थियो।

Advertisement 2

त्यसैगरी, गत बुधबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु ७ हजार ३०० कायम भएको भने गत मङ्गलबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ९ै हजार ३०० त्यति नै चाँदीको मोल रु ६ हजार ८७० कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ माघ १८, आईतवार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry