फागुन-२१ पछिको प्रतिनिधि सभाको सम्भावित वनावट

फागुन – २१ मा हुन गै रहेको प्रतिनिधि सभामा ५ दर्जन भन्दा बढी राजनीतिक दल र केही स्वतन्त्र उमेद्वार प्रतिस्पर्धामा उत्रेका भए पनि मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी रहने अनुमान गरिन्छ।
Advertisement 1
यस पटक हुन गै रहेको प्रतिनिधि सभाको चुनाव नियमित रूपमा हुन गै रहेको नभएर यही भदौ २३ र २४ को जेन जी को आन्दोलनको परिणाम स्वरूप हुन गै रहेको छ। यो आन्दोलन तत्कालीन सरकारले सामाजिक सन्जालमा गरेको नियन्त्रणका कारण भएको जस्तो लागे पनि यसका मुख्य कारण ३ बटा थिए- पहिलो कारण सरकारले जनतालाई दिने सेवाहरू सहज र सरल रूपमा प्रदान गर्न नसकेको, दोश्रो कारण देशमा भ्रष्टाचार बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न नसकेको र तेश्रो कारण पुराना राजनीतिक दलहरूमा यूवा पुस्तालाई स्थान नदिएको।
यी पृष्ठभूमिमा हुन गै रहेको निर्वाचनमा सहभागी हुने दलहरू र उम्मेद्वारको विजय पराजय उक्त विषयहरूलाई कसरी सम्बोधन गर्ने नीति र कार्यक्रम ब्यबहारमा ल्याउछन् त्यसमा भर पर्छ।
चुनावी प्रतिस्पर्धामा गएका राजनीतिक दलहरू मध्ये उक्त आन्दोलनको मागलाई सम्बोधन गर्ने काममा खरो रूपमा उत्रिएको राजनीतिक दल विशेष अधिवेशनबाट संवोधित गगन थापा र यिनको टीम अग्र पंक्तिमा देखिएको छ। नेपालको एक मात्र प्रजातान्त्रिक पार्टी जसले भदौ २३ र २४ को आन्दोलनलाई आफू भित्र समहित गर्न पुग्यो। यसको प्रारम्भिक कदम थियो- पार्टि भित्रको रूपान्तरण। यो पार्टी भित्र सच्चिने कि सक्किने भन्ने वहस पार्टीको १४ औं अधिवेशनबाट शुरू भएको भए पनि त्यति बेलाको नेत्तृत्त्वको कानमा वतास लागेको थिएन तर यो वहसलाई भदौ २३ मा भएको जेन- जी आन्दोलनले पूरै सतहमा ल्याई दियो जसलाई पार्टी नेत्तृत्त्वले समेत खप्न नसकेर नेत्तृत्त्व हस्तान्तरण गर्न वाध्य भयो। तर यो हस्तान्तरित नेत्तृत्वले पनि समयको माग सम्वोधन गर्न नसक्दा पार्टीको विशेष महाधिवेशनले नीति र नेत्तृत्त्व नै बदल्यो र त्यही महाधिवेशनले पार्टी रूपान्तरणको वकालत गर्दै आएका गगन थापालाई पार्टीको नेत्तृत्त्वमा ल्यायो। यही फागुन -२१ मा हुन गै रहेको संघीय संसदको चुनावमा होमिएको नेका नयां नेत्तृत्त्व र नीतिका साथ अगाडि बढेको छ।
Advertisement 2
त्यसै गरी यो चुनावमा होमिएको अर्को पार्टी हो- राष्ट्रिय स्वतन्त्र पार्टी। यो पार्टी स्थापना भएको धेरै भएको छैन, यसको गन्तब्य, आर्थिक नीति, परराष्ट्र नीति समेत स्पष्ट रूपमा आएका छैनन्, संगठनको बिस्तार पनि राम्रो संग हुन पाएको छैन। यो पार्टीको स्थापनाको आधार भनेको पुराना नेता र पार्टीको कमजोरी नै हो। मतदाताहरू पुराना नेताबाट वाक्क भै सकेको स्थितिमा छोटो समय मै यो संघीय संसद- प्रतिनिधि सभामा चौथो शक्ति बन्न पुग्यो तर यसले आफ्ना मतदातालाई सन्तुष्टी दिन नसकेको मात्र हैन आफै सत्ताको फोहोरी खेलमा डुब्न पुग्यो। यूवा र नयां मतदाता आकर्षित रहेको यो पार्टी छोटो समयमै असफल हुन पुगेकै कारणले पनि जेन जी यूवाहरू आन्दोलित हुन पुग्दा हालको स्थिति देखा पर्यो। यो पार्टीले पुराना नेता र पार्टीमा सुधारको कुनै लक्षण नदेखे पछि आफूलाई जेन जी आन्दोलनको सम्वाहक भन्न समेत पछाडि परेन र आफ्नो पार्टी भित्र पपुलिस्ट र सेलीब्रेटी स्वभावका पात्रलाई भित्र्याउने प्रयाश गरेको छ। यी मध्ये कामपाका मेयर बालेन शाह जुन कम राजनीतिक बढी पपुलिष्ट पात्रलाई बरिष्ठको पगरी दिएर रास्वपा चुनावमा अगाडि बढेको छ।
अर्को पार्टी नेकपा एमाले जुन पार्टीमा समेत पार्टी भित्र नयां पुस्ताको प्रवेशको अपेक्षा गरिएको थियो तर त्यसलाई निषेध गर्दै जेन जी आन्दोलनका बेला सरकार प्रमुख रहेका केपी ओली नै पार्टी नेत्तृत्त्वमा आसीन हुन पुगेका छन्। आफै सरकार प्रमुख रहेको बेला घटित भदौ २३ र २४ को घटनालाई शासकीय सुधारको एउटा अध्यायको रूपमा नलिएर त्यसलाई एउटा अपराधिक गिरोहको संज्ञा दिदै आएका पात्र आफैलाई भावि प्रधानमन्त्रीको रूपमा पार्टीबाट निर्णय गराई चुनावमा होम्मिएका छन्।
Advertisement 3
चुनावी प्रतिस्पर्धामा आएका विभिन्न राजनीतिक दलहरू मध्ये संसदमा पहिलो, दोश्रो र तेश्रो हुने दलहरू यी नै हुन्। यी तीन दलहरू मध्ये टाऊको र शरीर संगै उपस्थित हुने दल नेपाली काग्रेस, शरीर बिनाको टाऊको लिएर उपस्थित हुने दल रास्वपा र टाऊको विना उपस्थित हुने दल भनेको नेकपा एमाले हो। राप्रपा, नेकपाले थ्रेस होल्ड कटाउलान् तर अन्य दलको उपस्थिति स्वतन्त्र सरह नै हो।
यसरी संसदमा प्रवेश हुने राजनीतिक दलहरूमा पहिलो र तेश्रो मिलेर सरकार बनाउने देखिन्छ। दुई तिहाई बहुमत ल्याएर संविधान संशोधन गर्नु पर्ने स्थितिमा दोश्रो दल समेतको सहभागिता रहने देखिन्छ।















