सुनचाँदीको भाउ घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु ७ हजार ६५ कायम भएको छ।

बिहीबार १ तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु ७ हजार ५०५ कायम भएको थियो।

Advertisement 2

गत बुधबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु ७ हजार ३०० कायम भएको थियो। यसैगरी, गत मङ्गलबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु ६ हजार ८७० कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ माघ १६, शुक्रबार ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry