नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूद्धारा प्रतिज्ञा

काठमाडाैं। नेपाल एसबिआई बैंक लिमिटेडले “सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस”को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम ब्ःी( ऋँत् प्रावधान ग्रहण एवं पालना गर्नको लागि माघ १४ गते प्रतिज्ञा गरेका छन्। नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रुपमा मनाउन घोषणा गरे अनुरुप बैंकले सो दिवस मनाएको हो।
Advertisement 1
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गरेका थिए। उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्य र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए।














