१७ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं। प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर रहेका १७ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
Advertisement 1
कार्यालयले माघ ११ गते एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
तोकिएको समयभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ।
Advertisement 2

प्रकाशित :२०८२ माघ ११, आईतवार १२:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















