१ तोला सुनको मूल्य ३ लाख ३ हजार ८ सय

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु २ हजार ४०० र चाँदी रु २ सय ९० ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु ३ लाख ३ हजार ८०० त्यति नै चाँदीको मोल रु ६ हजार ४८० कायम भएको छ।
गत शुक्रबार १ तोला छापावाल सुनको मूल्य रु ३ लाख १ हजार ४०० र त्यति नै चाँदीको मोल रु ६ हजार १९० कायम भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ माघ ११, आईतवार ११:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















