५८ जना उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ५८ जना शाखा अधिकृत वा सोसरहका कर्मचारीलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ५ गते सोमबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।
बढुवा समितिको माघ ४ गते आइतबारको निर्णयअनुसार नेपाल परराष्ट्र सेवा, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत २ जना, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ३७ जना, नेपाल प्रशासन सेवा, लेखा समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ४ जना र नेपाल प्रशासन सेवा, राजस्व समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत १५ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ।
Advertisement 2
सूचनाः

Advertisement 3


प्रकाशित :२०८२ माघ ५, सोमबार १०:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















