प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। प्रभु बैंक लिमिटेडको पुस ३० गते बुधबार बोलाईएकोे २४औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको छ। बैंकको सञ्चालक समितिका अध्यक्ष श्री किशोरजङ्ग कार्कीज्यूको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ।

Advertisement 1

बैंकको २४औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लि. को गत आ.व. २०८१/०८२ को एकीकृत (Consolidated) वित्तीय विवरण पनि पारित गरेको छ। वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन्।

 

प्रकाशित :२०८२ माघ १, बिहीबार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry