नवलपुरमा २ लाख ६८ हजार मतदाता कायम

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २ लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन्।

Advertisement 1

जिल्लामा मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख २९ हजार ५४, महिला १ लाख ३९ हजार ४६८ तथा यौनिक अल्पसङ्ख्यक ४ जना रहेका कार्यालय प्रमुख भुसालले जानकारी दिए। उनका अनुसार नवलपुरमा ८ वटा स्थानीय तह र २ निर्वाचन क्षेत्र रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा जिल्लामा कूल २ लाख ६० हजार ४६१ मतदाता थिए। तत्कालीन समयमाभन्दा अहिले आठ हजार ६५ मतदाता थपिएका छन्।

प्रकाशित :२०८२ पुष २४, बिहीबार ११:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry