गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

तम्घास। धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना लाभाम्वित भएका छन्। जैसीथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटवल अस्पताल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका–४ कार्यालयको समन्वयमा शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

Advertisement 1

शिविरमा सर्जन, हाडजोर्नी, जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसूतिलगायत रोगको उपचार गरिएको थियो। शिविरबाट गरिब, विपन्न एवं कमजोर आर्थिक अवस्था भएका नागरिक सबैभन्दा बढी लाभाम्वित भएका छन्।

त्यसैगरी, गाउँमै विशेषज्ञसहितको सेवा पाउँदा नागरिकलाई समय र पैसाको बचत भएको छ। “सुगर र थाइराइड भएर आएको, औषधि लिएर फर्के”, जैसीथोकका चुरामणि घिमिरेले भने, “बुटवलका चिकित्सक गाउँमै आएर सेवा दिँदा खुसी छौँ।” उहाँले आफूसहित श्रीमतीलाई शिविरमा लगेर उपचार गराएको बताउनुभयो।

Advertisement 2

जैसीथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलले दुर्गम भेगका नागरिकलाई विशेषज्ञ सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बताए। उनले आर्थिक अभावकै कारण रोग लुकाउन बाध्य भएका नागरिकले शिविरबाट फाइदा लिएको बताए। शिविरबाट दमको पहिचान भएका १ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ।

शिविरमा जनरल सर्जन कृष्णप्रसाद खनाल, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डा सागर पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा बिन्दु पोखरेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा उत्सव रेग्मी र बालरोग विशेषज्ञ डा प्रदीप शर्मालगायतको टिमले सेवा दिएको थियो।

प्रकाशित :२०८२ पुष १३, आईतवार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry