आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ। आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।
Advertisement 1
आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल रू ४ हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। दुवै धातुको मूल्य हालसम्मको उच्च हो।
अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन्। अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ५३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित :२०८२ पुष १३, आईतवार १२:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













