जुम्लामा ठूली भैली सुरु

जुम्ला। कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ। पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन भैली खेल्न सुरु गरेको तिला गाउँपालिका–१ का स्थानीय शेरबहादुर रावतले जानकारी दिए।
Advertisement 1
पुसको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका ५ वटा जिल्लामा खेलिनेछ। पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर ४ ५ दिन खेलिने सो भैली खेल्ने चलन अहिले विस्तारै कम हुन थालेको स्थानीय हरिचन्द्र बुढाको भनाइ छ।
भैलीमा साथीहरु मिलेर नयाँ पहिरनमा सजिएर आफन्तजनका घरमा गएर भैलो खेल्ने चलन रहेको तिला– १ का स्थानीय कर्ण रावतले बताए। बाह्रौँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको यो भैली हिउँदे याममा खेलिन्छ।
प्रकाशित :२०८२ पुष ७, सोमबार ११:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













