सुनचाँदीको मूल्यमा उतारचढाव, सुन २ लाख ६० हजार नजिक

काठमाडौं। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ। गत शुक्रबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु २ लाख ५८ हजार ३०० मा झरेको छ।
Advertisement 1
गत मङ्गलबार रु २ लाख ५९ हजार, बुधबार २ लाख ५९ हजार ७००, बिहीबार २ लाख ६० हजार ४०० सय कायम भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ। चाँदी प्रतितोला ३ हजार ८८५ बाट बढ्दै बिहीबार ४ हजार ८० सम्म पुगेको थियो। आज १ तोला चाँदीको मूल्य रु ४ हजार १०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
प्रकाशित :२०८२ पुष ६, आईतवार १२:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













