वीरगञ्ज भन्सारले ४ महिनामा उठायो ३३ अर्ब राजस्व

पर्सा। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम ४ महिनामा ५ प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ।

Advertisement 1

कार्यालयले चालु आवको ४ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु ४ अर्ब ५८ करोड, कपडाबाट रु ४ अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु ३ अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु ३ अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ। चालु आवको ४ महिनामा वीरगञ्जबाट रु २ खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन्। कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको जनाएको छ।

प्रकाशित :२०८२ मंसिर १७, बुधबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry