नवलपरासीमा ६ हजार मतदाता थपिए

नवलपरासी। पश्चिम नवलपरासीमा ६ हजार १४० जना मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार ३ हजार २३५ पुरुष र २ हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन्।
Advertisement 1
राष्ट्रिय परिचयपत्र प्रयोग गरेर ५ हजार ३८० जनाले नाम दर्ता गराएका छन्। यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताइन्। कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको बताइन्। यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए।
प्रकाशित :२०८२ मंसिर ९, मंगलवार १२:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












