जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

काठमाडौं। सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ।
Advertisement 1
अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए। गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए।
अस्पतालका मेडिकल निर्देशक डा सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका विरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए।
Advertisement 2
जलनका विरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म ५ लाखभन्दा बढी जलनका विरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ।
प्रकाशित :२०८२ मंसिर ५, शुक्रबार १५:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













