सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ। गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु ६ हजार ९००ले गिरावट आएको छ। आज १ तोला सुनको मोल रु २ लाख ४२ हजार ८०० निर्धारण भएको छ। शुक्रबार १ तोला सुन रु २ लाख ४९ हजार ७०० मा किनबेच भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ। आज चाँदी प्रतितोला रु ३ हजार १३५ मा कारोबार भइरहेको छ। गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु ३ हजार २८५ मा खरिदबिक्री भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ कार्तिक ३०, आईतवार १४:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












