टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

झापा। यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख ३ हजार आम्दानी भएको छ।

Advertisement 1

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख २ हजार ४०० को टिकट बिक्री भएको हो। पहिलो सेमिफाइनलमा नै रु ५ लाख ५० हजार ७०० र अन्तिम सेमिफाइनल खेलमा रु ११ लाख पाँच हजार ५०० बराबरको आम्दानी भएको आयोजकले जनाएको छ।

पछिल्लो समय महिला फुटबलप्रति आकर्षण बढेका कारण पनि दर्शकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष थोप्राले बताए।

प्रकाशित :२०८२ कार्तिक २५, मंगलवार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry