सुनको मूल्य घट्यो

काठमाडौं। सुनको मूल्य तोलामा रू ४ हजार ८०० ले घटेको छ।
Advertisement 1
गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू २ लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू २ लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, आज चाँदी प्रतितोला रू ३ हजार २७५ मा खरिदबिक्री हुँदैछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ कार्तिक २, आईतवार १२:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%