सर्वोच्चको आदेशपछि बीमा प्राधिकरण अध्यक्ष ओझा काममा फर्किए

Sharad Ojha

काठमाडौं। बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले मंगलबार पुनः अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। सर्वोच्च अदालतले उनको बर्खास्तीविरुद्ध अल्पकालीन आन्तरिक आदेश दिएपछि ओझा काममा फर्किएका हुन्।

Advertisement 1

सर्वोच्च अदालतले सरकारका नाममा जारी आदेशमा ओझाको बर्खास्ती तत्काल कार्यान्वयन नगर्नु र नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ। अदालतले दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ।

 

Advertisement 2

गत २ भदौको मन्त्रिपरिषद् बैठकले ओझालाई खराब आचरण र कार्यक्षमता नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारले ३० असारमा छानबिन समिति गठन गरी उनको योग्यताबारे प्रतिवेदन तयार गरेको थियो।

छानबिन समितिले ओझाको कार्य अनुभव र योग्यतामा प्रश्न उठाउँदै उनलाई अध्यक्ष पदका लागि योग्य नभएको निष्कर्ष निकालेको थियो। यस निर्णयविरुद्ध ओझा सर्वोच्च पुगेका थिए। उनले २२ भदौमा रिट निवेदन दर्ता गरेका थिए र २३ भदौमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएका थिए।

Advertisement 3

सरकारले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिका लागि आह्वान गरिसकेको छ भने १४ जनाको आवेदन पनि प्राप्त भइसकेको छ।

प्रकाशित :२०८२ आश्विन १, बुधबार १३:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry