संस्कृतिको संरक्षण गर्दै ‘पाँचधारे कला साहित्य केन्द्र’

भोजपुर। परम्परागत मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले भोजपुरमा ‘तीज विशेष लोकगीत प्रतियोगिता’ सम्पन्न भएको छ। टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा सक्रिय आमा समूहहरूबीच प्रतियोगिता गरिएको हो।

Advertisement 1

प्रतियोगितामा अजम्बरी आमा समूह प्रथम, चिमल गुँरास आमा समूह द्वितीय र सयपत्री आमा समूह तृतीय भएका छन्। विजेताले प्रमाणपत्रसहित क्रमशः रु ५ हजार, रु ३ हजार र रु २ हजार प्राप्त गरेका छन्। सहभागी सबै समूहलाई रु एक–एक हजार सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

तीजको सांस्कृतिक महत्त्व उजागर गर्दै परम्परागत लोकगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए। उनका अनुसार तीजलाई केवल नाचगानमा सीमित नराखी संस्कृति संरक्षण, सामाजिक एकता र महिलाको आत्मविश्वास अभिवृद्धिमा जोड दिनुपर्नेछ।

Advertisement 2

कार्यक्रम पाँचधारे कला साहित्य केन्द्र, टेम्केमैयुङ–९, पाँचधारेको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा ७ आमा समूहहरूको सहभागिता रहेको थियो। प्रथम पुरस्कार धनकुमार मगर र द्वितीय पुरस्कार प्रताप मुस्कानले प्रायोजन गर्नुभएको थियो। त्यस्तै कार्यक्रमका लागि स्थानीय विष्णुराज राईले रु १० हजार सहयोग गरेको साहित्य केन्द्रका सचिव बावुराम शाक्यले जानकारी दिए।

प्रकाशित :२०८२ भाद्र ९, सोमबार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry