तरुण दलको पाँचौँ महाधिवेशन मङ्सिरमा हुने

काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको पाँचौँ महाधिवेशन आगामी मङ्सिरमा हुने भएको छ।

Advertisement 1

तरुण दलका अध्यक्ष विद्वान गुरुङले १ विज्ञप्ति जारी गरी मङ्सिर २६ देखि २८ गतेसम्म पाँचौँ राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए। लामो समयदेखि तरूण दलको महाधिवेशन हुन नसकेकाले कांग्रेसले निर्देशन समिति बनाएको थियो।

तरुण दलले आगामी भदौ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय एवं जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गर्नेछ।

Advertisement 2

यस्तै, कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यसूची रहेको छ।

यसैगरी, मङ्सिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र मङ्सिर २६, २७ र २८ गते राष्ट्रिय महाधिवेशन सम्पन्न गरिने अध्यक्ष गुरुङले बताए।

प्रकाशित :२०८२ भाद्र २, सोमबार १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry