१ वर्षमा १ हजार ७९ घरेलु तथा साना उद्योग थपिए

झापा। जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा १ हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ ५ सय ८१ र वाणिज्यतर्फ ४ सय ९८ फर्म दर्ता भएका हुन्। सोही अवधिमा जिल्लामा उद्योगतर्फ १ हजार ६ सय ९ र वाणिज्यतर्फ १ हजार ६ सय ६५ उद्योग नवीकरण गरिएको उनले बताइन्।
Advertisement 1
सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१/८२ मा उद्योगतर्फ ३ सय २४ र वाणिज्यतर्फ २ सय ३७ गरी ५ सय ६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा १ सय ५२ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताइन्।
उद्योग बन्द हुनेभन्दा नयाँ थपिने क्रम बढ्दै गएको छ। कार्यालयले आव २०८१/८२ मा विभिन्न शीर्षकमा रु २ करोड ९१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ।