दीपक मनाङेले भनेः म मन्त्री भएँ, अब युवा विदेश जानुपर्दैन

गण्डकी प्रदेश सरकार जोगाउन एमालेले स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएको छ ।

Advertisement 1

प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका मनाङ्गेले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरिसकेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय थपेर मनाङ्गेलाई मन्त्री बनाएका हुन् ।

विसं २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा मनाङ्गे स्वतन्त्र उम्मेदवार थिए । तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए । मनाङको प्रदेश ृखे बाट प्रदेश सभामा १ हजार ४ सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन् । उनले शपथग्रहणअघि पत्रकारहरुसँग बोल्दै आफू मन्त्री भएकाले अब युवाहरु विदेश जानु नपर्ने बताएका छन्। आफूसँग मन्त्रालय सम्हाल्ने भिजन भएकाले अब युवाहरु विदेश जान नपर्ने उनले बताएका हुन् ।

Advertisement 2

‘मसँग केही भिजन छन् । मलाई यसको राम्रो ज्ञान छु, उनले भने, अब युवाहरु विदेश जानुपर्दैन।’ मनाङेले मुख्यमन्त्री गुरुङले आफूलाई मन्त्रीका लागि दौरा सुरुवाल सिलाउन भनेको पनि बताए। त्यसपछि मात्रै आफू मन्त्री बन्‍न लागेको थाहा पाएको पनि उनले बताए। मुख्य मन्त्रीज्यूले दौरा सुरुवाल सिलाउन जा भन्‍नु भएको थियो, उनले सुनाए, उहाँले त्यसो भनेपछि म मन्त्री बन्‍न लागेको थाहा पाएँ।

प्रकाशित :२०७८ बैशाख १६, बिहीबार १९:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम