निलम्बित मेयरका सल्लाहकारद्वारा कुटपिट भएको भन्दै कर्मचारी आन्दोलनमा

काठमाडौं। सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरू निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता चौधरीका सल्लाहकार अनिल भगतले कुटपिट गरेको भन्दै आन्दोलन गरिरहेका छन्।

Advertisement 1

कर्मचारीहरूले अग्रिम कमिसन उठाएका उपभोक्ताका फाइल लेखा शाखामा ढिला पठाएको निहुँमा आफूमाथि कुटपिट गरिएको आरोप लगाएका हुन्। प्रशासन शाखा प्रमुख प्रद्युम्न प्रसाद पोखरेलका अनुसार दोषीमाथि कारबाही नहुँदासम्म आन्दोलन जारी रहनेछ।

गत असार २५ गते नगरपालिकाका कर्मचारीमाथि कुटपिट भएपछि कर्मचारीहरू त्रसित बनेका थिए। उनीहरूले सुरक्षा व्यवस्था पर्याप्त नभएको र दोषीमाथि कारबाही नभएसम्म कार्यालयमा काम गर्न नसकिने भन्दै आन्दोलन थालेका हुन्।

Advertisement 2

२५ गते देखि नै कर्मचारीहरूले पेन डाउन गर्दै काम बहिष्कार गरेका छन्। उनीहरूले आफ्ना माग पुरा नभए थप कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी पनि दिएका छन्।

कर्मचारीहरूले आफ्नो सुरक्षाको माग गर्दै गत २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दर्ता गराएका छन्।

प्रकाशित :२०८२ असार ३०, सोमबार १२:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry